Logo

फेडेररको कीर्तिमानलाई पच्छ्याउँदै जोकोभिच



बिश्व नं एक टेनिस खेलाडी रोजर फेडेरर पछि नोभाक जोकोभिचले हालसम्म २ सय ९४ साता विश्व नम्बर एक स्थानमा बर्चस्वो जमाएका छन् । यता फेडेररले  भने ३ सय १० साता विश्व नम्बर एक स्थानमा रहेर कीर्तिमान रचेकाछन् । फेडेररको कीर्तिमान सम्म पुग्न वा पार गर्न जोकाभिचलाई केही साता अझै रहनुपर्ने हुन्छ ।
अर्को बर्ष  २०२१ को ८ मार्चसम्म विश्व नम्बर एक भइरहेमा नोभाक जोकोभिचले रोजर फेडेररलाई पछि पार्नेछन् । त्यस्तै फेडेरर र जोकोभिच पछि  साम्प्रास २ सय ८६ साता र इभान लेन्डल २ सय ७० साता विश्व नम्बर भएर क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्व ।

नोभाक जोकोभिचले यो वर्ष मात्रै ५ उपाधि जितिसकेका छन् । उनले ग्रान्डस्लाम प्रतियोगिता, अस्ट्रेलियन ओपन, एटीपी कप, दुबई ओपन, सिनसिनाटी ओपन र रोम ओपनमा उपाधि जितेका हुन् । तर, उनले पछिल्लो महिना सम्पन्न भएको ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपन फाइनलमा भने राफेल नाडालसँग हारेका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।