आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाली बजारमा शुक्रबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १२७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया