Logo

मनोरञ्जन

दीपावलीको अवसर पारेर ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज



काठमाडौं । आज बिहीबारबाट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सार्वजनिक प्रदर्शनमा आएको छ ।

नयाँ फिल्म शुक्रबार रिलिजको परम्परा भएपनि दीपावलीको अवसर पारेर यो फिल्म आजैबाट प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म हल यो फिल्मले मात्र पाएको छैन । दसैँमा रिलिज भएका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ को प्रदर्शन अझै जारी छ ।

फिल्मले देशभर १ सय २० हाराहारी शो पाएको छ ।

सरोज पौडेलले निर्माण गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको कथामा आधारित फिल्म हो । फिल्ममा विजय बराल, अञ्जना बराइली, मुकुन भुषाल, बुद्धि तामाङ, देशभक्त खनाल लगायतको समेत अभिनय छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १२:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।