Logo

मनोरञ्जन

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ ल्याउँदै विशाल भण्डारी



काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ । कमेडी क्लब विथ च्याम्पियनका टिमले अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएका हुन् ।

कार्यक्रममा आबद्द सम्पूर्ण कलाकारहरुले कार्यक्रमको लोगो सेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी गराएका हुन् । कमेडी शोहरुमा एकलौटी राज गरिरहेका बिशाल भण्डारीको निर्देशनमा बन्ने शोमा यो पटक सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराईसँगै भरतमणी पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामा जोडिएका छन् ।

कार्यक्रमको अध्यक्षको रुपमा कलाकार तथा निर्देशक दिपा श्री निरौला यसपटक पनि यथावत रहेकी छन् । पहिलो सिजनलाई दर्शकले मन पराएका थिए । अब दोश्रो सिजन अझै भब्य सेटमा खिच्ने तयारी भई रहेको कार्यक्रमका होस्ट समेत रहेका निर्देशक भण्डारीले बताए ।

यो पटक दर्शकले प्रतिक्षा गरी रहेका कमेडियनहरुको प्रस्तुतीले कार्यक्रम अझै उत्कृष्ट बन्नेमा निर्माण टिम ढुक्क देखिएको छ । कार्यक्रम मङ्सिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार ११:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।