Logo

मनोरञ्जन

सशस्त्रका आइजिपी अर्यालको गीत ‘ए मायालु’ सार्वजनिक



काठमाडाैं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले रचेको नयाँ गीत ‘ए मायालु’ सार्वजनिक भएको छ ।

गीतमा सुगम पोखरेलको स्वर तथा सुरेश गैरेको संगीत रहेको छ । गीतको भिडिओमा दिपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन, मनोज कार्कीको सम्पादन छ ।

त्यस्तै गीतको भिडिओमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवनकुमार ज्ञवाली, शिवशरण न्यौपाने, शिवराम भट्ट लगायतको अभिनय छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १४:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।