Logo

मनोरञ्जन

भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ यूट्युबमा



काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ यूट्युबमा सार्वजनिक भएकाे छ । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको हाे ।

लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।

फिल्म यूट्युबमा आएको जानकारी दिँदै गायक तथा अभिनेता सत्यराज आचार्यले फेसबुकमा लेखेका छन्– ‘हाम्रो चलचित्र ‘आचार्यू’ आजबाट तपाईंहरुको चलचित्र भएको छ है ! अब जहाँ, जसरी अनि जतिबेला भए पनि मज्जासँग आनन्दले हेर्न सक्नु हुनेछ ।’

१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो । सिनेमा हलमा प्रदर्शन भएको साढे चार महिनापछि यसलाई यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।

गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  १ : १२ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।