बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र बेइजिङस्थित पेकिङ विश्वविद्यालयलाई नेपालको मदन भण्डारी विज्ञान तथा प्राविधि विश्वविद्यालयको शिक्षा क्षेत्रमा स्तरोन्नतीको लागि रणनीतिक सहकार्य गर्न आग्रह गरेका छन् ।
चार दिने औपचारिक चीन भ्रमणमा रहेका ओलीले मंगलबार बिहान पेकिङ विश्वविद्यालयमा सम्बोधनको क्रममा चीन र पेकिङ विश्वविद्यालयलाई मदन भण्डारी विश्विद्यालयसँग सहकार्यको लागि आग्रह गरेका हुन् ।
उनले सम्बोधनको अन्तिममा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए । उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।





















प्रतिक्रिया