Logo

हलुका सवारी चालक तालिम उद्घााटन 



राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २२औं समूहको हलुका सवारी चालक तालिम आइतबारबाट संचालन भएको छ । 

उक्त अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले तालिम उद्‌घाटन गर्दै सवारी साधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिई अझ योग्य र दक्ष चालकको रुपमा विकास गर्ने लक्ष्य सहित कोभिड-१९ को संक्रमणलाई मध्येनजर गर्दै सुरक्षाका उपाय अलम्बन गरी तालिम सञ्चालन गरिएको बताउनुभयो ।

प्रहरी निरीक्षक ई.अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यावधिको उक्त तालिममा ३१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ४ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।