Logo

अर्थ

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति



काठमाडौं । नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । पत्रकारिता तथा आमसञ्‍चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि गरिरहेका विद्यार्थीहरूले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् ।

विज्ञापन बोर्डमा बिहीबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँ र विभागका प्रमुख डा. कुन्दन अर्यालबीच सोसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विद्यार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विद्यार्थीहरू आकर्षित हुने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार  ५ : ०१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।