इंग्लिस प्रिमियर लिगमा आज आइतबार राति म्यानचेस्टर सिटी र लिभरपुलबीचको प्रतिस्पर्धा हुँदैछ । सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले साविकको उपविजेता सिटीलाई हराउदै प्रिमियर लिगको शीर्षस्थानमा फर्कने सोचमा हुनेछ । लिभरपुल अहिले लिगको दोस्रो स्थानमा रहेको छ ।
लिभरपुलका लागि पोर्चुगिज फरवार्ड डिएगो जोटासँगै साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्हो टोलीको फरवार्ड भुमिकामा रहनेछन् । वाइनाल्डम, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, जोसेप गोमेज, जोएल माटिप ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डसँगै गोलरक्षक एलिसन बेकर पनि टोलीमा समाबेश रहेका छन् ।
चोटका कारण थियागो अलकान्तरा, फाविन्हो र भर्जिल भान डाइक टोलीमा हुनेछैन भने कर्टिस जोन्स, जेम्स मिल्नर, नावी केइटा र निको विलियम्स टोलीमा रहने छन् । यसै सिजन लिभरपुल आएका जोटाले यो सिजन प्रिमियर लिगमा ५ खेल खेल्दै ३ गोल गर्दा एटलान्टाविरुद्धको च्याम्पियन्स लिगमा ह्याट्रिक पुरा गरेका थिए ।
यता, प्रिमियर लिगमा सिटी ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोडेर १२औं स्थानमा रहेको छ ।
टोलीसँग रहिम स्ट्रलिङ, रियाद महारेज, केभिन डि ब्रुयन, रोड्री, इल्केए गुन्डोगान, काइल वाल्कर, रुवेन डियास, एमेरिक लापोर्टे, जाओ क्यान्सिलो र गोलरक्षक इडर्सन मोराएस छन् साथै ब्राजिली फरवार्ड ग्याब्रियल जेससको पूनरागमनले टोलीको मनोबल बढेको छ । । यस्तै टोलीसँग जोन स्टोन्स, नाथन एके, फिल फोडेन, फेरान टोरेस, ओलेक्सान्डर जिनचेन्को र बर्नाडो सिल्भालगायतका स्तरी खेलाडी पनि रहेका छन् ।
यि दुई टोलीबीचको पछिल्लो २८ खेलको नतिजा हेर्दा लिभरपुल १२ खेलमा विजयी भएको छ भने ७ खेल सिटीले जित्दा ९ खेल बराबरीमा सकिएको छ । गत सिजनको लिगमा दुवै टोलीले समान एक खेल जितेका छन् । जुलाईमा भएको खेलमा सिटीले लिभरपुललाई ४–० ले हराएको थियो । त्यसअघि नोभेम्वरमा भएको खेलमा लिभरपुल ३–१ ले विजयी भएको थियो ।
आज राति हुने अन्य खेलहरु
वेस्टब्रुमविरुद्ध टोटेनहम (साँझ ५ः४५ बजे), लेस्टरविरुद्ध वल्भ्स (राति ७ः४५ बजे), आर्सनलविरुद्ध एस्टन भिल्ला (राति १ बजे)




















प्रतिक्रिया