Logo

ओली आक्रामक, प्रचण्ड रक्षात्मक



सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्वएमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाउनुभएको छ । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुईपटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गर्नुभएका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गर्नुभएको छ ।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हांै, अब मिलेर अगाडि बढ्नुप¥यो ।’

जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गर्नुभएको थियो । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार