Logo

मनोरञ्जन

लोकगायिका सुनिताकाे ‘ओ बड्डा’ सार्वजनिक



काठमाडाैं । लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ‘ओ बड्डा’ सार्वजनिक गरेकी छन् । ‘तीज क्विन’, की नामले समेत परिचित लोकप्रिय गायिका दुलालले माघे संक्रान्तीका अवसरमा मंगलबार सुदुर पश्चिमेली भाकाको देउडा गीत ल्याएकी हुन् ।

यसमा उनलाई चर्चित लोकगायक चक्र बलमे साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा अञ्जली अधिकारी र चक्र बमको समेत अभिनय छ ।

चक्रकै शब्द संगीत रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आफुले गाइरहेको भन्दा फरक शैलीको रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  २ : ०० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।