Logo

मनोरञ्जन

एलिना चौहानकाे ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक



काठमाडाैं । गायिका एलिना चौहानकाे नयाँ गीत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ सार्वजनिक भएकाे छ ।

उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतको भिडिओमा एलिना स्वयं देखिएकी छन् ।

रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ । महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् । गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : माघ ४, २०८१ शुक्रबार  २ : ४६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।