Logo

अनलाइनपाना खोज

ग्लोबल आइएमई बैंकका शाखा बन्द गर्न १९ संगठनको अल्टिमेटम, चन्द्र ढकाललाई चेतावनी



काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवलकार निर्माणका कारण उत्पन्न विवादले अहिले ठूलो रुप लिएको छ । व्यवसायी चन्द्र ढकालको समूह र पाथीभरामा रहेका   मुक्कुमलुङका स्थानीय समूहबीच चलिरहेको विवादले स्थानीय जनजीवनलाई आक्रान्त बनाएको छ ।

यसै विषयमा मुक्कुमलुङ बचाउ अभियानमा संलग्न १० वटा संस्थाहरू र ९ वटा राजनीतिक दलहरूले ग्लोबल आइएमई बैंकका सम्पूर्ण स्थानीय शाखा बन्द गर्न अल्टिमेटम दिएका छन् ।

यी संस्थाहरूले चन्द्र ढकालका नेतृत्वमा चलिरहेको पाथीभरा दर्शन केवलकार प्रा.लि. द्वारा पाथीभरामा केवलकार निर्माणको प्रयासलाई तत्काल रोक्नुपर्ने र स्थानीय जनताको धार्मिक आस्थामा अवरोध पुर्याउने कार्य बन्द गर्नुपर्ने माग गरेका छन् । उक्त समूहले ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकलाई पत्र लेखेर माघ १९ गतेभित्र शाखा बन्द गर्न अल्टिमेटम दिएको छ ।

ग्लोबल आइएमइ बैंकका स्थानीय ताप्लेजुङ शाखा, तापेथोक, पाँचथर, इलाम, चारआली, विर्तामोड, इटहरी, धरान, धनकुटा, तेह्रथुम र संखुवासभाका प्रबन्धकलाई पत्राचार गर्दै ती सँस्थाले केबलकारका नाममा मुक्कुमलुङमा भएको चरम मानव अधिकार हनन नरोकिन्जेल शाखा कार्यालय बन्द गर्न अल्टीमेटम दिएका हुन् ।

बैंकलाई लेखिएको पत्रमा भनिएको छ- ‘ग्लोबल आइएमइ बैंकका अध्यक्ष तथा पाथिभरा दर्शन केबलकार प्रा.लि.का सञ्चालक चन्द्र ढकालले व्यापारिक नाफाको लागि देशको सांस्कृतिक धरोहर, सम्पदालाई संरक्षणको विरोध, ध्यानाकर्षणको वावजुद मुन्धुमी आस्था स्थल मुक्कुमलुङमा सैन्यकरण गरेर जबरजस्ती केबलकार निर्माण गर्न खोज्दा निहत्था मुक्कुमलुङ संरक्षण अभियन्ताहरूमाथि गोली हानिएको, काटिएको, कुटिएको, थुनिएको, मानवअधिकारको चरम उल्लंघन भएको र ताप्लेजुङमा मात्र नभएर देश विदेशमा समेत अशान्त वातावरण सिर्जना गरेको, भातृत्व, सद्भाव खलबलाएको हुँदा निज ढकालले मुक्कुमलुङमा केवलकार निर्माण कार्य तुरुन्त बन्द गरी निर्माण सामाग्रीहरू फिर्ता लैजानुपर्ने, निजकै पहलमा सैन्यकरण भएकाले सैन्यकरण फिर्ता गर्न जिम्मा लिनुपर्ने, झुट्टा मुद्दामा थुनिएका मुक्कुमलुङ अभियन्ताहरू प्रदीप मादेन, चन्द्र सागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहाइको लागि जिम्मा लिनुपर्ने, गोली लागेर जीवन वर्वाद भएकोमा आजिवन जीवन निर्वाह क्षतिपूर्ति दिने जिम्मेवारी ढकालले लिनुपर्दछ ।’

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १५:१४   :  बजे

22K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।