काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनीरुपमा सम्बन्धविच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो ।
न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनले काठमाडौँ जिल्ला अदालतमा वारेस विष्णुप्रसाद खरेलमार्फत मुद्दा दायर गरेकी थिइन् ।
एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन् ।
श्रीमानसँग कानूनीरुपमा सम्बन्धविच्छेद गरेपश्चात गायिका चौहानले फेसबुकमा मार्मिक स्टाटस लेखेकी छन् ।
एलिनाले भनेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखी स्वतन्त्र भएर कानुनीरुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।’
प्रतिक्रिया