Logo

अर्थ

सानिमा बैंकले मान्मको विद्यालयमा बाँड्यो न्यानो लुगा



काठमाडौं । सानिमा बैंकले कालीकोटको एउटा विद्यालयमा न्यायो लुगा बाँडेको छ । बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका–१ को कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा सानिमा बैंकका मान्म शाखाका कर्मचारीहरूले विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरेका थिए ।

चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार १३:०६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।