Logo

राजनीति

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि राजनीतिशास्त्रका विद्यार्थी उज्ज्वल खड्काले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यले खड्काले उम्मेदवारी दिन लागेका हुन् ।

त्रिविको सुधार, शैक्षिक गुणस्तरमा अभिवृद्धि, विद्यार्थीका समस्या समाधानका लागि अग्रपंक्तिमा रहने खड्काको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन् ।

उम्मेदवारीबारे उनले लेखेका छन्, ‘नमस्ते ! चैत ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष (सभापति) पदमा स्वतन्त्र रहेर उम्मेदवारी दिँदैछु । प्रिय विद्यार्थी साथीहरू त्रिविको सुधार विना नेपालको उच्च शिक्षा सुधार सम्भव छैन, त्यसकारण दलीयकरणको चपेटामा परेको हाम्रो विश्वविद्यालयलाई ‘एकेडेमिक एक्सिलेन्स’को मार्गमा हिँडाउन तपाईं हाम्रो सकारात्मक पहलले सकारात्मक परिणाम निस्किनेमा विश्वस्त रहेको छु । अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउँदछु ।’

उनले दलीय राजनीतिले शिक्षा क्षेत्रमा पारेको नकारात्मक प्रभावबारे स्पष्ट रूपमा धारणा राख्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‍

प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार  २ : ०७ बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।