Logo

शिक्षा

बाह्रको परीक्षा बैशाख १२ देखि



भक्तपुर । यस वर्षको कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ ।

वैशाख २२ गते सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  ९ : ५९ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।