Logo

उद्योग

उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ कोषाध्यक्षमा भरतराज आचार्य मनोनीत भएका छन् ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् । उनले महासंघ उद्योग समिति सभापति तथा रोजगारदाता परिषद् सहसभापति तथा स्थायी समिति सदस्य भई काम गरिसकेका छन् ।

एक दशकभन्दा बढी समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमूलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आबद्ध छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार २०:३१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।