Logo

मनोरञ्जन

९३ एपिसोडमै किन बन्द भयो ‘सक्किगोनि’?

चौंथो सिजन ल्याउने घोषणा



काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक संजालबाट तेस्रो सिजन समाप्त भएको उल्लेख गर्दै चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने बताएका हुन् ।

श्रृंखला निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शन भैरहेको छ । फिल्मपछि अब कम्पनीले श्रृंखलाको चौंथो सिजन ल्याउने बताएको हो ।

पाँडे लेख्छन्, ‘तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ । यसबाट प्राप्त गरेको ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टताका साथ हामी चाँडै नै ’चौथो’ सिजन लिएर आउने प्रतिवद्धता प्रकट गर्दछौँ ।’

‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो ।

यसअघि तेस्रो सिजनको लागि एजेन्सी एड लिभसँग १०४ एपिसोडको सहमति भएको थियो । सहमतिअनुसार एपिसोड नसकिँदै ९३ एपिसोडमै तेस्रो सिजन रोक्ने निर्णय आफूहरूबीचको समझदारीमा भएको कलाकार तथा निर्देशक कुमार कट्टेल (जिग्री ब्रो)ले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार १३:१६   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।