काठमाडौं । गायक सुगम पोखरेलको नयाँ गिती संग्रह ‘नवमी’ मा रहेको ‘निलो गहिरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुगम स्वयं र नरेश देव पन्तको शब्द रहेको उक्त गीतमा सङ्गीत सुगम आफैको रहेको छ ।
गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन् । इलामका रमणीय ठाउँ हरु समेत समेटेर बनाइएको भिडियोलाई दिनेश थापा काजी ले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियोको सम्पादन गरेका हुन् । भिडियोमा सुगम लगायत यांजी गुरुङ, सोनी तुम्बाहाम्फे, रेजिना श्रेष्ठ, यालुंग हाङ्ग राई र कुन्सांग राई लाई फिचर गरिएको छ ।
पछिल्लो समय केही फरक प्रकारका गीतलाई निकालिरहेका सुगम ले उक्त गीतलाई पनि सबै दर्शक श्रोताहरूले मन पराउनु हुन्छ भन्ने आशा गरेका छन् । गिती संग्रह ‘नवमी’ सुगमको ९ औँ संग्रह हो।
प्रतिक्रिया