काठमाडौं । नयाँ कमेडी शो ‘अँ प्रश्न के हो’ सार्वजनिक गरिएको छ । कमेडी च्याम्पियनको गत सिजनका प्रतिस्पर्धी धादिङका प्रेम विश्वकर्मा, दैलेखका लोमनसागर रेग्मी र तनहुँका कृष्ण गैरेले नयाँ कमेडी शो ल्याएका हुन् ।
शो को पहिलो एपिसोड बुधवार ‘ओएसआर रियालिटी’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । शो को निर्देशन विनोद श्रेष्ठले गरेका हुन् ।
पहिलो एपिसोडमा प्रेम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारेक्टरमा छन् । उनी हरेक एपिसोडमा फरक फरक क्यारेक्टरमा देखिने निर्माण पक्षले जनाएको छ । शो २६ वटा एपिसोड आउने बताइएको छ ।
शो मा लेखन कृष्ण गैरे, लोमन सागर रेग्मी, प्रेम विश्वकर्माको संयुक्त रहेछ ।
प्रतिक्रिया