Logo

मनोरञ्जन

‘अभिमन्यु’मा गौमाया गुरुङ अनुबन्धित



काठमाडाैं । फिल्म ‘अभिमन्यु’मा अभिनेत्री गौमाया गुरुङ अनुबन्धित भएकी छन् । उनी ‘पूर्ण बहादुरको सारंगी’ निर्माता विनोद पौडेलको फिल्ममा अनुबन्धित भएकी हुन् ।

निर्माता पौडेलले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ ।

सेभेन सिज फिल्मको प्रस्तुति निर्माण हुने फिल्म ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यू निर्देशकीय फिल्म हो ।

मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । यो फिल्ममा शरद महतोको डिओपी रहने छ ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार १३:२५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।