Logo

शिक्षा

त्रिवि क्याम्पसको सभापतिमा नेविसंघका जोशी विजयी



काठमाडाैं । स्ववियु चुनावअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा भएको निर्वाचनमा नेपाल विद्यार्थी संघले सभापति पदमा विजय प्राप्त गरेको छ ।

कडा टक्करका बीच नेविसंघबाट सभापतिका उम्मेदवार दीपकराज जोशी निर्वाचित भएका हुन् ।

सभापतिमा विजयी जोशीले ७ सय ८९ मत पाए । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत पाए ।

तेस्राे भएका अखिल क्रान्तिकारीका प्रविन दाहालले ७ सय २० मत पाए ।

स्वतन्त्र उठेका उज्ज्वल खड्काले ७ सय १७ र पदमा भुषालले १ सय ६६ मत पाए । त्रिविमा ३ हजार १ सय १८ मत खसेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार २१:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।