काठमाडाैं । सुपरहिट फिल्म ‘जारी’ को सिक्वेल निर्माण घोषणा गरिएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । फिल्मको स्लोगन सङ अफ च्याब्रुङ राखिएको छ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो ।
‘जारी २’ २०८० सालको ब्लकबस्टर फिल्म ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन गर्दैछन् । फिल्म वर्षको दसैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।
कवी उपेन्द्र सुब्बाको डेब्यु निर्देशन तथा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहेको जारीले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो ।
‘जारी २’ वैशाख तेस्रो साताबाट फ्लोरमा जाने जनाइएको छ । फिल्ममा दयाहाङ, विजय र मिरूनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरूङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरूङले निर्माण गर्नेछन् ।





















प्रतिक्रिया