Logo

प्रमुख समाचार

शिक्षकको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा प्रभावित हुने



काठमाडौं । आगामी ११ वैशाखदेखि सुरु हुन लागेको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण प्रभावित हुने सम्भावना देखिएको छ । परीक्षाको सम्पूर्ण व्यवस्थापनमा संलग्न शिक्षकहरूले आन्दोलनका कारण परीक्षा सञ्चालनमा सहभागी नहुने घोषणा गरेपछि अनिश्चितता उत्पन्न भएको हो ।

राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । ‘परीक्षा सञ्चालन गर्ने शिक्षक नै सहभागी नभए प्रभाव पर्छ। तर, सरकार र शिक्षकबीच संवाद निष्कर्षमा पुग्नेमा हामी आशावादी छौं,’ उनले भने ।

बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए । ‘बोर्ड तयारीमा छ, तर व्यवस्थापनको ठूलो हिस्सा शिक्षककै हातमा हुन्छ। विद्यार्थीको भविष्य जोगाउनु सबैको दायित्व हो। एक दिनको ढिलाइले पनि ठूलो असर पार्न सक्छ,’ शर्माले बताए ।

शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे । ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन । शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उनले भने ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ११:४८   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।