Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षकबीच आज साँझ  छलफल हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाकाअनुसार प्रधानमन्त्रीको सचिवालयबाट शुक्रबार साँझ ७ बजे भेटवार्ताका लागि बोलाइएको बताए । “प्रधानमन्त्रीको सचिवालयले हामीलाई साँझ ७ बजेका लागि बोलाएको छ,” महासचिव थापाले भने, “त्यही अनुसार हामी छलफलमा सहभागी हुँदैछौं।”

गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १७:०८   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।