Logo

मनोरञ्जन

गायक प्रमोद खरेलको ‘पिडा’ सार्वजनिक



काठमाडौं । गायक तथा संगीतकार मनिपाल राईको संगीत तथा चर्चित गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “पिडा” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको छ । उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ भने गीतमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ ।

मुनाल सिशिर कोइरालाको निर्देशन रहेको म्युजिक भिडियोमा बिक्रम बुडाथोकि, कुसुम शर्मा,  तुलसी खड्काको अभिनय रहेको छ । भिडियोलाई काठमाडौँ र भक्तपुरको विभिन्न रमणीय स्थानमा छायांकन गरेका हुन् । म्युजिक भिडियो सम्लिङ्गिको कथामा आधारित रहेको छ ।

भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । गीतको म्युजिक भिडियोलाई np musicmedia को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार १५:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।