काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । शिक्षक आन्दोलनको दबाब झेल्न नसकेपछि यसअघि सोमबार विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।
रिक्त ठाउँमा रघुजीलाई एमालेले अघि सार्ने भएको हो । पन्तको भोलि ४ बजे शपथ गराउने गरी शीतल निवासले तयारी थालेको स्रोतले बतायो ।
एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा श्रममन्त्री भएका थिए ।
प्रतिक्रिया