काठमाडौँ । सत्तारुढ दल कांग्रेस, एमालेका नेताहरुसहित नेपाल शिक्षक महासंघका पदाधिकारीबीच आज भएको वार्ता सकारात्मक भएको छ ।
करिब ३ घन्टाको छलफलमा शिक्षक महासंघले उठाएका मागलाई सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रुपमा प्रस्तुत भएपछि २७ दिनदेखि चलेको शिक्षकहरुको आन्दोलन टुंगिने दिशातर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । उनका अनुसार तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले गृहकार्य गरेर तयार पारेको ७ बुँदे प्रस्तावकै वरिपरि रहेर सहमति जुटाउने प्रयास भएको छ ।
सत्तारुढ दल र महासंघका पदाधिकारीबीच कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निवासमा भएको बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक जारी छ ।
वार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए भने शिक्षक महासंघका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित ३ जना सहभागी थिए ।
प्रतिक्रिया