Logo

प्रमुख समाचार

आज छिनोफानो नभए आन्दोलन उग्र बनाउने शिक्षक महासंघकाे योजना



काठमाडौं । शिक्षक महासंघको आज बसेको बैठकले हिजो राति सरकारसँग भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ । आज सरकारसँग फेरि बस्ने बैठकमा परिमार्जित मस्यौदामा सहमतिको प्रयास गरिने स्रोतले बतायो ।

शिक्षामन्त्री रघुजी पन्तसहितको बैठकमा हिजो केही बुँदामा सहमति जुटेर मस्यौदा तयार गरिएको थियो । सो मस्यौदामाथि आज शिक्षक महासंघको बैठकमा छलफल भएको हो । मस्यौदामा केही थपघट गरिएको महासंघका एक शिक्षक नेताले बताए ।

ती शिक्षक नेताका अनुसार आजबाट आन्दोलनलाई उग्र बनाउने तयारी थियो । तर, सहमति उन्मुख भएपछि त्यो तयारी आज एक दिनलाई स्थगित गरिएको छ । यदि आज सहमति नजुटेको खण्डमा भोलिबाट आन्दोलन चर्काउने उनले बताए ।

‘निषेधित क्षेत्र तोडेर सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनेको छ, आज सहमति भयो भने आन्दोलनले नयाँ मोड लिन्छ,’ उनले भने ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलवार २२:०३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।