Logo

शिक्षा

विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन गराउन शिक्षक महासंघको निर्देशन



काठमाडौँ । शिक्षक महासंघले शैक्षिक हड्ताल स्थगित गरेको छ ।

सरकारसँग ९ बुँदे सहमति भएपछि शैक्षिक हड्ताल स्थगित गरिएको महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

‘आम शैक्षिक हड्ताल स्थगित भएको छ । नियमित कक्षा सञ्चालन गराउन अनुरोध छ,’ उनले भने ।

परीक्षा र भर्ना अभियानमा संलग्न हुन उनले शिक्षक कर्मचारीलाई आग्रह गरे । ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

२० चैतदेखि शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन थालेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार २१:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।