काठमाडाैं । आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ ।
पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रम बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहेका थिए ।
कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाको नायिका चैत्यदेवी सिंह, हाँस्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाको अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्र, संगीत, साहित्य र समाजसेवा क्षेत्रमा योगदान पुर्याउने विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो, जसमा अभिनेत्री बसुन्धरा भुषाल, गायिका देवीका बन्दना, एआईजी तथा गीतकार टेक तामाङ, र डा. सुभाष घिमिरे प्रमुख थिए ।
मन्त्री शाहीले यस्ता कार्यक्रमले भाषा, संस्कृति र प्रतिभालाई सम्मान दिनुका साथै नेपाली संगीतको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न विधामा ५३ जना कलाकार तथा स्रष्टाहरुलाई ४० विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
प्रमुख सम्मानहरू
संगीत रजत सम्मान: संगीतकार सुरेश अधिकारी
संगीत पत्रकारिता पुरस्कार: रंग पत्रकार करिष्मा केसी
पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मान: कलाकार उत्तम केसी
युवा प्रतिभा सम्मान: गीतकार/पर्वतारोही पुरुषोत्तम सानु
लोकगायक सम्मान: शुशिल ज्ञवाली, गायिका अनिता कुँवर
संगीत विधामा प्रमुख अवार्ड
सर्वोत्कृष्ट आधुनिक गायिका: मिलन नेवार (‘आँखाको नुर’)
सर्वोत्कृष्ट दोहोरी गायिका: सीमा थापा (‘दामौलीमा गेट’)
सर्वोत्कृष्ट आधुनिक गायक: सौगात जंग थापा (‘तिमी आदत बन्यौ’)
सर्वोत्कृष्ट लोक/पप गायन: शोभा पाण्डे (‘डल्ले खुर्सानी’)
सर्वोत्कृष्ट गजल: गीता सापकोटा हुमागाई (‘किन’)
सर्वोत्कृष्ट लोक÷पप गीतकार: लिला राज काम्बाङ (‘छुट्ने वेला’)
सर्वोत्कृष्ट आधुनिक गीतकार: जि.एम. दिपु दिपेन्द्र (‘महँगो भो तिम्रो माया’)
अन्य विधामा विशिष्ट पुरस्कारहरू
सर्वोत्कृष्ट छायाँकार: उत्सव दाहाल (‘आमा ए आमा’)
सर्वोत्कृष्ट कोरियोग्राफर: पुनम श्रेष्ठ (‘आउ आउ’)
सर्वोत्कृष्ट नेपाल भाषा गायन: राजकुमार मानन्धर (‘दः पिनि द्यः ब्वय्कि’)
सर्वोत्कृष्ट मैथिली गीत: विरेन्द्र झा (‘मिथिला धाम’)
सर्वोत्कृष्ट डेउडा गीत: महेश कुमार औजी (‘ए ईजु गैग्यो परान’)
विशेष अवार्ड (जुरी/पब्लिक च्वाइस)
लोकपप गीतकार (जुरी): डि.पी. खनाल (‘बुझे हुन्छ कुरा’)
दोहोरी शब्द (पब्लिक च्वाइस): किस्ना आचार्य (रोशनी) (‘निरी मायाको’)
नवमोडल (पब्लिक च्वाइस): कैलाश कठायत (‘बोली झर्कै छ’)
तामाङ सेलो (पब्लिक च्वाइस): टिका बमजन (‘तामाले बोली फेर्दैन’)
कार्यक्रमको सफल आयोजना र व्यवस्थापनमा काष्टमण्डप टेलिभिजन, जि टिभि नेपाल लगायतका विभिन्न संचारमाध्यमको प्रत्यक्ष प्रशारण तथा सहयोग रहेको थियो ।
पिम नेपालका अध्यक्ष माधव राज खरेलले “नेपाली हुनुमा गर्व गरौं, कला र संस्कृतिको जगेर्ना गरौं” भन्ने नारासहित आठौं संस्करणसम्म आइपुग्दा यो अवार्डले विविध भाषा, संस्कृति र संगीतलाई समेट्दै एकताको सन्देश फैलाएको बताए ।
प्रतिक्रिया