माउण्टेन इनर्जी नेपालले भोलि (कात्तिक २६) देखि साधारण सेयर (आइपीओ) निष्काशन गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसमा ३९ हजार ३६१ कित्ता कर्मचारी, ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोष र बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताको लागि रहेको छ ।
यो सेयरमा मंसिर २ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
उक्त सेयरमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने छ । साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।
प्रतिक्रिया