Logo

समाचार

‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै सचिवहरूले भेटे सभामुख र राष्ट्रियसभा अध्यक्ष



काठमाडाैं । निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ नराख्न लविङ गर्दै मुख्य सचिव र सचिवहरूले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटेका छन् ।

बिहीबार मुख्य सचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले सभामुख देवराज घिमिरे र अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेका हुन् ।

भेटमा मुख्यसचिव अर्याल, संसद्का महासचिव पद्यप्रसाद पाण्डे र सचिवसहित करिब २० जना थिए । उनीहरूले दिउँसो १ बजेतिर सभामुखलाई भेटेका हुन् ।

सचिवहरूको टोलीले निजामती विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन माग गरेको छ । निजामतीलाई मात्र लक्षित गरेर ल्याइएको कुलिङ पिरियडसम्बन्धी व्यवस्थाले अन्याय भएको उनीहरूको दावी छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १४:५२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।