Logo

डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद : जो बाइडेन



अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् । ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए ।

गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताए ।

जनवरी २० को शपथको दिनसम्म ट्रम्पले पराजय स्वीकार्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे । तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गरेपछि औपचारिकता पाउनेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार ०९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।