Logo

मनोरञ्जन

वैरागी काइँलालाई ६ लाख राशीको स्वीकारोक्ति सिद्धि पुरस्कार गर्ने घोषणा



नेदरल्याण्ड । कवि वैरागी काइँलालाई ६ लाख राशिको पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली मूलका भुटानी साहित्यकारहरुको संस्था ‘ग्लोबल भुटनिज लिटरेरी अर्गनाइजेसन्स’ अर्थात् जीवीएलओको तीन दिने सम्मेलनले उनलाई ६ लाख राशीको स्वीकारोक्ति सिध्दि पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

पुरस्कारको घोषणा स्वीकारोक्ति अभियानका डेन्जोम साम्पाङले गरेका हुन् । यो पुरस्कार सन् २०२२ मा पहिलोपल्ट नेपाली मूलका भारतीय साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

नेदरल्याण्डको द हेगमा जीविएलओको छैठौं विश्व सम्मेलन चलिरहेको छ । सो सम्मेलनको उद्घाटन प्रमुख अतिथि नेदरल्याण्डका लागि नेपाली राजदूत सेवा लम्सालले गरेकी थिइन् ।

सम्मेलनमा बेल्जियम, बेलायत, स्लोभानिया, फ्रान्स, नर्वे, पोल्याण्ड, डेनमार्क, न्यूजिल्याण्ड, अमेरिका, नेदरल्याण्ड लगायतका मुलुकका प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार ०८:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।