Logo

अर्थ

ट्रेड टावरको आईपीओ बाँडफाँड



काठमाडाैं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा आज बाँडफाँड गरेको हो ।

कुल ३ लाख २९ हजार ६५० आवेदकले सेयर पाएका छन् । तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकी ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासन गरिएको थियो ।

कम्पनीको आईपीओमा २० लाख ५९ हजार ३८८ आवेदन रितपूर्वक परेको थियो । यीमध्ये १७ लाख २९ हजार ७३८ जना आवेदकको हात रित्तो भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १०:१३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।