Logo

अर्थ

सेयर बजारमा झिनो अंकको वृद्धि, ११ अर्ब ४४ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५ को विन्दुमा कायम भएको छ ।

आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीकाे मूल्य घटेको छ ।

आज ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।  आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १५:१६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।