Logo

अर्थ

सेयर बजारमा सामान्य वृद्धि, १३ अर्ब १८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.८० अंकले बढेर २६५८ को विन्दुमा कायम भएको छ ।

आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ ।

आज १३ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सानिमा माइ हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.५८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार १५:२६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।