Logo

अर्थ

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । एनएमबि बैंक लिमिटेडले विभिन्न दुईजना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १२:०३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।