Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट दिने



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा आकर्षक छुट दिने भएको छ । कम्पनीले यस्तो बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने भएको हो ।

व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म नविकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो ।

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने भएको छ ।

 

 

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १३:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।