Logo

अर्थ

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख वेदप्रकाश सिंह पक्राउ



काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । ठकुरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ गरेको हो ।

यो बैंकको घोटाला प्रकरणमा प्रक्राउ पर्ने उनी दोस्रो व्यक्ति हुन् । यसअघि प्रहरीले यही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष तथा सीईओ राजेन्द्रवीर राय पक्राउ गरेको थियो ।

नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि प्रहरीले बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान अघि बढाएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको बैंकका पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा उक्त रकम अपचलन भएको तथ्य बाहिरिएको थियो ।

यो बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १४:४१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।