Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ९ अर्ब ८ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.०७ अंकले घटेर २६५३ को विन्दुमा कायम भएको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ६१ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १५:२८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।