Logo

मनोरञ्जन

पशुपति शर्माले ल्याए व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’



काठमाडाैं । लोकगायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’ सार्वजनिक गरेका छन् ।

बिहीबार बिहान सार्वजनिक यो गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गरेका छन् ।

यो गीतमा पशुपतिको एकल स्वर छ भने यसको शब्द र संगीत पनि उनकै हो । गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गरेका छन् । उनीसँगै जेरी भण्डारी भिडिओमा देखिएका छन् ।

जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ ।

पशुपति शर्माको अफिसियल युट्युबमा गीत सार्वजनिक छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १२:१७   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।