Logo

अर्थ

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसिटीभी हस्तान्तरण



काठमाडाैं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिबृद्घि गर्ने उद्देश्यले सिसिटीभी हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख, रबिन घिमिरेले नगरपालिकाका उप–मेयर, मनिकादेवी दुलाललाई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।

नेपाल एसबिआई बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखासहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १६:४५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।