Logo

प्रमुख समाचार

‘झिँगेदाउ-२’मा आँचल शर्मा अनुबन्धित



काठमाडौं । नायिका आँचल शर्मा  फिल्म ‘झिँगेदाउ-२’ मा अनुबन्धित भएकी छन्। उनले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजासँग अभिनय सम्झौता गरेकी हुन्।

यो चलचित्रमा यसअघि नायिकाको रूपमा केकी अधिकारी अनुबन्धित भएकी थिइन् । चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताएका छन् ।

‘झिँगे दाउ’कै सिक्वेलको रूपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । निर्देशक देउजाका अनुसार, दशैँपछि यस चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

‘झिँगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिने उनले बताए ।

 

प्रकाशित मिति : ८ असार २०८२, आईतवार ०८:५५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।