काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका तीन जना संस्थापक शेयरधनी बाहिरिने भएका छन् । बैंकका संस्थापक शेयरधनी ओसिन बतास, विश्व प्रकाश गुरुङ र बलराम श्रेष्ठ बाहिरिने भएका हुन् ।
उनीहरू आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बतासले २५ हजार ७५९ कित्ता, गुरुङले २५ हजार ७५९ कित्ता र श्रेष्ठले ६४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।
उनीहरूले सेयर बिक्री गर्ने भन्दै राखी निवेदन दिएका थिए । उक्त निवेदन सञ्चालक समितिको विभिन्न बैठकमा पेश हुँदा रित पुर्याई बिक्री गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएकोले उक्त संस्थापक सेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।
हाल कायम यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेका संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न सक्ने बैंकले जनाएको छ ।




















प्रतिक्रिया