काठमाडौं । आज सेयर बजार झिनो अंकले घटेकाे छ । नेप्से परिसूचक ०.२२ अंकले बढेर २६०० को विन्दुमा कायम भएको छ ।
आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ७६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.१७ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया