Logo

अर्थ

काठमाडौँ भ्यू टावरका ठेकेदार भेटवाल बैंकिङ कसुरमा पक्राउ



काठमाडाैं । काठमाडाैंकाे पुरानाे बसपार्कमा निर्माण भइरहेकाे ‘काठमाडौँ भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । भेटवाललाई प्रहरीले शुक्रबार अनामनगरबाट पक्राउ गरेको हाे ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दामा अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १३:१३   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।